ओली नेतृत्वको टोली दैलेख पुग्यो

नेपालभ्युज

ओली नेतृत्वको टोली दैलेख पुग्यो

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्गअन्तर्गत शुरु भएको समृद्धिका लागि संकल्प यात्रा आज दैलेख पुग्दै छ ।

संकल्प यात्राको चौथो दिन आइतबार टोली दैलेख पुग्ने भएको हो । दैलेखस्थित राकममा आमसभा हुने एमालेले जनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले दैलेखका जम्बुकाँध, चगत्रा र श्रीस्थानमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम छ । दैलेखमा ओली नेतृत्वको टोलीले श्रीस्थान पुगेर पेट्रोलियम उत्खनन कार्यको अवलोकन गर्ने छ ।

यात्राका क्रममा मध्यपहाडी लोकमार्गको दूरी घटाउने उद्देश्यले सर्वेका लागि ईञ्जिनीयरहरुको टोली पनि एमालेले सँगै लगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved