बोलेर देश बन्ने भए उहिल्यै बन्थ्यो : कांग्रेस सभापति देउवा

नेपालभ्युज

बोलेर देश बन्ने भए उहिल्यै बन्थ्यो :  कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलेर देश नबन्ने बताएका छन् ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अहिले काम गरेर देखाउने बेला भएको बताएका हुन् ।

उनले आफु कम बोल्ने तर काम गरेर देखाउने व्यक्ति भएको बताए । उनले आफू कुरा भन्दा काम गर्ने व्यक्ति भएको भन्दै बोलेर देश बन्ने भए उहिल्यै बनिसक्ने बताए । धेरैले बोले तर केहि गरेनन् तथानाम बोल्दै हिड्नेहरुका कारण देश बर्बाद हुन लागेको देउवाको भनाई थियो ।

कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेस परिवर्तन भयो भने मात्रै देश परिवर्तन हुने बताए । त्यसका लागि उग्र महत्वकांक्षा र आचरणलाई त्याग्न आवश्यक रहेको कोइरालाको भनाई थियो ।

महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि सरकारका हरेक निकायका उच्च ओहोदामा बसेकाहरुको सम्पत्ति छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने बताए । जनतामा रहेको अलमल, आक्रोश र नैराश्यतालाई चिर्दै उत्साह, भरोसा जगाउने नेतृत्व अहिलेको आवश्यकता रहेको भन्दै महामन्त्री थापाले बाँकी तीन वर्ष राम्रो काम गरे जनताले चुनावमा कांग्रेसलाई भोट आफैँ दिने बताए ।

अर्का महामन्त्री विश्वप्रकास शर्माले केहि नयाँ र पुराना दलहरु मिसन ८४ को बेमौसमी बाजा बजाएर भ्रम छर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डाक्टर चन्द्र भण्डारी, दिपक गिरी, पुष्पा भुसाल लगायतले बालेका थिए । सम्मेलन अन्तर्गत भोलि आइतवार बन्द सत्र हुने प्रदेश सभापति अमरसिंह पुनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved