बुटवलबाट आज कांग्रेसको पहिलो प्रदेश सम्मेलन सुरु

नेपालभ्युज

बुटवलबाट आज कांग्रेसको पहिलो प्रदेश सम्मेलन सुरु

काठमाडौं । संघीय संरचनापछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन आजबाट सुरु हुँदैछ । लुम्बिनी प्रदेशको बुटवलबाट सम्मेलनको सुरुआत हुन लागेको हो । आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्मेलन हुनेछ ।

भोलिसम्म चल्ने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुले सम्बोधन गर्नेछन् । देउवासहित वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश सम्मेलनमा प्रदेशका चार सय ६८ जना महाधिवेशन प्रतिनिधि, २६ जना क्षेत्रीय सभापति, १२ जना जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुनेछ । सो प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित गरिने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved