नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणलाई छाड्ने कि नछाड्ने भन्नेमा न्यायाधीशको मत बाझियो

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणलाई छाड्ने कि नछाड्ने भन्नेमा न्यायाधीशको मत बाझियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्नेमा न्यायाधीशहरूको मत बाझिएको छ ।

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको थियो । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।

तर, अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । अब उनको विषय तेस्रो न्यायाधीशकहाँ पेश हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved