प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज दुबईमा भेटवार्ता हुने सम्भावना

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज दुबईमा भेटवार्ता हुने सम्भावना

यूएई । कोप -२८ सम्मेलनका क्रममा दुबईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने सम्भावना छ ।

मोदी र प्रचण्डबीच भेटवार्ताका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । “भेटवार्ता कतिबेला हुन्छ भन्ने यकिन भइसकेको छैन, तर त्यसका लागि प्रयास भइरहेको छ । सम्भवत आजै हुने सम्भावना छ ” स्रोतले भन्यो ।

कोप-२८ सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आज सम्बोधन गरिसकेका छन् । उनले विभिन्न देशका नेतासँग भेटवार्ता गरिरहेका छन् । यसै क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डसँग पनि वार्ताको सम्भावना रहेको भारतीय पक्षले जनाएको छ ।

यसअघि दुई प्रधानमन्त्रीबीच भारतमा भेटवार्ता भएको थियो । आज भेटवार्ता भएमा दुई देशको सम्बन्धका अतिरिक्त प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला भएका सहमति/सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved