गुरुकुलमा नाटक ’काल’ को मञ्चन

गुरुकुलमा नाटक ’काल’ को मञ्चन

काठमाडौं। थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा यही मंसिर १४ गतेदेखि नाटक ’काल’को मञ्चन सुरु भएको छ ।

शंकर खरेलको कथा ’काल’बाट प्रभावित भएर कलाकार तथा निर्देशक रामभजन कामतको लेखन, परिकल्पना र निर्देशनमा तयार भएको नाटक ’काल’ले मृत्यु र समय चक्रको कथा बोकेको छ ।

नाटकले विश्व परिवेशमा देखिएको आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएर आफूलाई आत्महत्याको बाटोतिर लगिरहेका ब्यक्तिहरुको मनोवैज्ञानिक उपचारको वकालत गरेको छ ।

नाटकले जीवन अनि मृत्यु, दुवै पक्षलाई छुने प्रयास गरेको छ । सामाजिक कथा बोकेको यो नाटक, करिब १ घन्टा २० मिनेट हेरिरहँदा हामीले नाट भित्र आफूलाई पनि पाउँछौ।

नाटक ’काल’मा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, निता राई, केशव शाही, आशिष घिमिरे, अर्जुन शिवाकोटी, सन्देश (घनेन्द्र) कार्की, रोशन चन्द, सलिना क्षेत्री र सुरभी कामतको अभिनय रहेको छ ।

यो नाटक २०७८ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक प्रतियोगीतामा पारिश्रमिक पाउने गरी छनोटमा समेत परेको थियो।

यो नाटक मंसिर ३० गतेसम्म आरोहण गुरुकुलको कुञ्ज नाटक घरमा सोमबारबाहेक हरेक साँझ ४ः३० बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ः०० बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved