वैदेशिक रोजगारीको घट्दो ग्राफ, कुन महिनामा कतिले लिए श्रम स्वीकृति ?

धेरै युवाको रोजाइमा यूएई

पछिल्लो समय रोजगारीका लागि विदेश जानेको संख्यामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा पनि यस वर्ष विदेशिनेको संख्या घटेको छ ।

वैदेशिक रोजगारीको घट्दो ग्राफ, कुन महिनामा कतिले लिए श्रम स्वीकृति ?

काठमाडौं । पछिल्लो समय रोजगारीका लागि विदेश जानेको संख्यामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा पनि यस वर्ष विदेशिनेको संख्या घटेको छ ।

चालु आर्थिक वर्षको चौमासिक तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको कुल संख्या २ लाख ६ हजार ३ सय १६ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष सोही अवधिमा सो संख्या २ लाख ८० हजार ५ सय १८ रहेको थियो ।

यसर्थ, गत वर्ष यस वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७४ हजार १ सय ४२ ले बढी थियो । गत वर्ष साउनमा ६३ हजारले श्रम स्वीकृति लिएका थिए । त्यसै गरी, भदौमा ७५ हजार ४ सय, असोजमा ६२ हजार ७ सय र कार्तिकमा ७८ हजार ३ सय जनाले श्रम स्वीकृति लिएका थिए ।

पछिल्लो समय युएई वैदेशिक रोजगारीमा पनि युएईं जाने नेपालीको संख्या उच्च छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिक महिनामा ३९ हजार ९ सय ७७ वटा श्रम स्वीकृति युएईका लागि मात्रै पारित भएको छ ।

कुन महिना श्रम स्वीकृति लिनेको संख्या कति ?

साउन

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५५ हजार ५ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ७ हजार ५ सय ६८ नयाँ श्रम स्वीकृति लिने रहेका छन्, पुनः श्रम स्वीकृति लिनेको संख्या १६ हजार ४ सय २३ रहेको छ भने जीटुजी मार्फत २ हजार ३ सय ६० जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै, भर्ती एजेन्सीबाट श्रम स्वीकृति लिनेको संख्या २९ हजार २ सय २४ रहेको छ । साउनमा सबैभन्दा बढी युएईका लागि श्रम स्वीकृति लिएका छन् जसको संख्या ११ हजार ८ सय ७८ रहेको छ ।

भदौ

चालु आर्थिक वर्षको भदौ महिनामा जम्मा ५० हजार ८ सय ८४ श्रम स्वीकृति पारित भएको छ । जसमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ७ हजार ३ सय ५ रहेको छ भने पुन श्रम स्वीकृति लिनेको संख्या १५ हजार ५ सय ८१ रहेको छ ।

त्यस्तै, रिक्वाइरिङ एजेन्सीबाट २७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् भने जीटुजी मार्फत ८ सय २७ जनाले श्रम स्वीकृति लिएका छन् । भदौ महिनामा पनि सबैभन्दा बढी श्रम स्वीकृति पारित युएईका लागि नै भएको छ । जसको संख्या ११ हजार ७ सय ९ रहेको छ ।

असोज  

भदौ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५६ हजार २ सय ३५ रहेको छ । जसमा नयाँ श्रम स्वीकृति लिने ७ हजार १ हजार ६५ रहेका छन् भने पुन: श्रम स्वीकृति लिनेको संख्या १७ हजार २ सय ९३ रहेको छ ।

त्यस्तै, भर्ती एजेन्सीबाट ३१ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् भने जीटुजी मार्फत ४ सय ९ जनाले श्रम स्वीकृति लिएका छन् । असोज महिनामा युएईका लागि मानिसहरूले सबैभन्दा बढी श्रम स्वीकृति लिएका छन् । जसको संख्या १३ हजार ९ सय ५ रहेको छ ।

कार्तिक 

चालु आर्थिक वर्षको चौथो महिनामा ४३ हजार ६ सय २२ वटा श्रम स्वीकृति पारित भएको छ । जसमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ५ हजार ७ सय ५१ रहेको छ भने पुन श्रम स्वीकृति लिनेको संख्या १९ हजार ५ सय ४४ रहेको छ ।

त्यस्तै, भर्ती एजेन्सीबाट १८ हजार १ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् भने जीटुजी मार्फत २ सय २ जनाले श्रम स्वीकृति लिएका छन् । तथ्यांकगत रूपमा हेर्दा कार्तिकमा सबैभन्दा बढी श्रम स्वीकृति युएईका लागि लिइएको छ । जसको संख्या १२ हजार ४ सय ८५ रहेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरू पनि दशैं तिहार मनाउनका लागि स्वदेश फर्कने र नयाँ जानेहरू पनि प्रायः दशैं तिहार मनाएर मात्र जाने भएकाले अहिले वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेती बताउँछन् ।

दशैं तिहारको कारणले वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि पुस, माघदेखि पुनः बढ्ने उनको अनुमान छ । ‘दशैं तिहार मनाउन प्राय वैदेशिक रोजगारीमा गएकाहरू पनि फर्कने गर्छन् र नयाँ जानेहरू पनि चाडबाड मनाएर मात्र जाऊँ भन्ने हुन्छन् त्यसैले यो संख्यामा केही कमी आएको हो,’ उनले भने ‘तर यो संख्या धेरै घटेको भने होइन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved