झापामा दाउले हानेर बुवाको हत्या, छोरा पक्राउ

नेपालभ्युज

झापामा दाउले हानेर बुवाको हत्या, छोरा पक्राउ

झापा । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।

कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved