उदयपुरमा पिकनिकबाट फर्किँदै गरेको स्कुल बस दुर्घटना, ३४ घाइते

नेपालभ्युज

उदयपुरमा पिकनिकबाट फर्किँदै गरेको स्कुल बस दुर्घटना, ३४ घाइते

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा विद्यालयको बस पल्टिँदा ३४ जना घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–५ देउरी स्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना भएको हो ।

विद्यार्थीहरु पिकनिक खाएर फर्किएको अवस्थामा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

विद्यालयका अभिभावकहरुले बस रिजर्भ गरेर पिकनिक खान लगेका थिए । बसमा अभिभावक तथा विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई विराटनगरतर्फ रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved