जसपाका प्रदेश समिति र राष्ट्रिय समिति आज पुनर्गठन हुने

नेपालभ्युज

जसपाका प्रदेश समिति र राष्ट्रिय समिति आज पुनर्गठन हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ ।

पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत संगठन गठन, पुनर्गठन तथा रुपान्तरणको कार्य अन्तर्गत बाँकी रहेका प्रदेश समिति र राष्ट्रिय पुनर्गठन हुन लागेको हो ।

पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समिति इन्चार्ज शिवलाल थापामगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलाई प्रमुख अतिथि रहने भएका छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved