७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
सांकेतिक तस्वीर

जनकपुरधाम । महोत्तरीको गौशालामा ७ वर्षीया  छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

गौशाला नगरपालिका–५ स्थित  गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सोही एकेडेमीका सञ्चालक समेत रहेका ३३ वर्षीय शिक्षक जुगलकिशोर साहलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

अभिभाववकले  विद्यालय सञ्चालक साह विरुद्ध गरेको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए।

साहले बिहीबार टिफिन समयमा ललाइफकाई विद्यालय भवनको छतमा लगी बलात्कार गरेको बताइएको छ। अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको र शुक्रबार बिहान इलाका प्रहरी कार्यालय गौशालामा घटनाबारे जानकारी गराएका थिए।

जाहेरीको आधारमा विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर बलात्कार मुद्धामा जिल्ला अदालत महोतरीबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप लिएको प्रहरी निरीक्षक यादवले बताए । पिडित छात्रा र आरोपितको स्वस्थ्य परिक्षण गराएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved