नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी : गगन थापा

नेपालभ्युज

नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी : गगन थापा

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताएका  छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताए । उनले नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पार्टी अगाडि बढेको जानकारी दिए ।

“नेपाली कांग्रेसले सङ्कल्प गर्नुपर्छ । कांग्रेस हामी बदल्छौं । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पाटी कांग्रेस मात्र हो, उनले भन ।”

हिन्दू धर्मलाई कसैले पछाडि पार्न नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले यो कसैले हल्लाएर नहल्लिने बताए । कुनै पाखण्डले हिन्दू धर्म खतरामा छ भन्दैमा कसैको पछाडि लाग्न नहुने उनको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले परिवर्तनको लडाइमा कांग्रेसको भूमिका पहिलो भएको बताए । कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले लोकतन्त्रमा नेताहरु झुपडीमा बस्ने र जनता महलमा बस्नुपर्नेमा अहिले नेताहरु महलमा बस्ने र जनताले सिटामोल नपाउने अवस्थाले असन्तुष्टि बढेको बताए । कांग्रेसले सबै जनतालाई महलमा बसाउन चाहेको उनको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले लोतन्त्रको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताईन् । उनले नेपाली जनताको लामो इतिहास र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताईन् ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सृजना गर्न जरुरी रहेको बताए। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved