रातको समयमा भोक लाग्दा खाने स्वस्थ खाना

नेपालभ्युज

रातको समयमा भोक लाग्दा खाने स्वस्थ खाना

एजेन्सी । अहिलेको बिग्रँदो जीवनशैलीका कारण प्रायः मानिस रातमा ढिलासम्म जाग्ने गर्दछन् । यस्तोमा रातको समयमा भोक लाग्ने समस्या आम भइसकेको छ ।

यदि तपाईं पनि रातको समयमा लाग्ने भोकलाई शान्त पार्न विभिन्न चिप्स, चाउचाउ आदि खानुहुन्छ भने यो  स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आज हामी रातमा लाग्ने भोक शान्त पार्न केही स्वस्थवर्द्धक खानेकुराको बारेमा बताउनेछौं । जसले तपाईंको भोक पनि मेटिनेछ र स्वास्थ्य खराब पनि हुनेछैन । यस्ता चीजहरु एकदमै स्वादिलो पनि हुनेछन् ।

पनीर

रातमा लाग्ने भोक शान्त पार्न तपाईं प्रोटिनले भरपूर पनिर खान सक्नुहुन्छ । यसका लागि पनीरलाई एउटा प्यानमा रोस्ट गर्नुहोस् र यसमा थोरै चाट मसला छरेर खान सक्नुहुन्छ । यो स्वादिलो तथा स्वस्थ पनि हुन्छ ।

ड्राई फ्रुट्स

तपाईं रातमा लाग्ने भोकलाई शान्त गर्न काजु, बदाम, ओखर आदि खान सक्नुहुन्छ । यस्ता खानाले भोक पनि मेटिन्छ र तौल बढ्ने खतरा पनि हुँदैन ।

ओट्स

रातमा भोक लाग्दा तपाईं ओट्सको सहारा पनि लिन सक्नुहुन्छ । यस्तोमा तपाईं सादा ओट्स बनाए दूधसँग वा मसला राखेर पनि खान सक्नुहुन्छ । सादा बनाएर खाँदा ओट्सले पनि अन्य बेफाइदा गर्दैन ।

उसिनेको अण्डा

ढिलो रातसम्म बस्दा भोक लागेको खण्डमा तपाईं अण्डा उसिनेर पनि खान सक्नुहुन्छ । उसिनेको अण्डामा थोरै कालोनुन छरेर खानाले पाचनमा पनि राम्रो हुन्छ र शरीरको तौल बढ्ने खतरा पनि हुँदैन । अण्डा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved