दुर्गा प्रसाईंले सर्वोच्चमा मुद्दा हाले, सुनुवाइ आइतबार

नेपालभ्युज

दुर्गा प्रसाईंले सर्वोच्चमा मुद्दा हाले, सुनुवाइ आइतबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन्।

नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको जिकिरसहित उनले मुद्दा दायर गरेका हुन् । प्रसाईंको नेतृतवमा हिजोबाट आन्दोलन सुरु भएको छ । आज नजरबन्दमा परेपछि आफैँले सुरू गरेको अभियानमा उनी सहभागी हुन पाएका थिएनन् ।  सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षबाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाइ हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved