अहिले उठेको प्रश्न व्यवस्था माथिको होइन, हामीले कार्यशैली सुधारे पुग्छ : उपप्रधानमन्त्री खड्का

नेपालभ्युज

अहिले उठेको प्रश्न व्यवस्था माथिको होइन, हामीले कार्यशैली सुधारे पुग्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि भएको दाबी गरेका हुन् ।

नेतृत्वले समयले माग गरेअनुसारको काम गर्न नसक्दा अहिले प्रश्न उठेको उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तीव्र गतिमा गर्नुपर्ने सुधारहरुमा ध्यान केन्द्रित गर्न जरुरी रहेको उनको भनाइ छ ।

उपप्रधानमन्त्री खड्काले नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजमा नकारात्मक प्रभाव बढेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved