अब प्रचण्ड र ओलीको घर घेर्ने दुर्गा प्रसाईंको चेतावनी

नेपालभ्युज

अब प्रचण्ड र ओलीको घर घेर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् । हिजो देखि ‘व्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् ।

‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।

उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोलि तपाईहरुको धनीपुर्जा पनि हुन्न।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved