अत्यावश्यक परे मात्रै आज सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

नेपालभ्युज

अत्यावश्यक परे मात्रै आज सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ ।

कार्यालयले  एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा आज ७ गते विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले उपत्यका भरि सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ ।

आन्दोलनका कारण सडकमा असहज हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफएम ९५ ५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने जनाएको छ ।भोलि मेडिकल व्यवसायी दुर्गा प्रसाई‌ र नेकपा एमाले निकट युवास‌घले छुट्टाछुटै प्रदर्शन गर्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved