प्रधानमन्त्री भन्छन्- व्यवस्थाविरुद्ध प्रहार भए कठोर कदम चाल्न बाध्य हुन्छौं

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- व्यवस्थाविरुद्ध प्रहार भए कठोर कदम चाल्न बाध्य हुन्छौं
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भए सरकार कठोर ढंगमा प्रस्तुत हुन बाध्य हुने बताएका छन् ।

बुधबार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको व्यवस्था उल्ट्याउने प्रतिगामीहरुको सपना कुनै हालत पूरा हुन नदिने पनि बताए ।

‘यो व्यवस्था ल्याउन हजारौंले रगत बगाएका छन्, जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्’, उनले भने, ‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’

पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिम पटक टाउको उठाउन खोजेको उनको भनाइ छ ।

अहिले ल्याएको उपलब्धिमा शान्तिपूर्ण र सशस्त्र सबैखालको आन्दोलनको योगदान गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved