नेपाल र भारतबीच १४ दिन लामो संयुक्त सैन्य अभ्यास हुँदै

नेपालभ्युज

नेपाल र भारतबीच १४ दिन लामो संयुक्त सैन्य अभ्यास हुँदै

काठमाडौं । नेपाल र भारतबीच १४ दिन लामो संयुक्त सैन्य अभ्यास हुने भएको छ । भारतको उत्तराखण्डस्थित पिथोरागढमा यही मंसिर ८ देखि २१ गतेसम्म संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।

भारतीय सेनाले ट्वीट मार्फत दिएको जानकारी अनुसार अभ्यासको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालनशीलता, पहाडी भूभागमा आतंकवाद विरोधी कार्य र मानवीय सहायता तथा विपद् राहत कार्यमा उत्कृष्ट अभ्यास साझा गर्ने रहेको छ।

अभ्यासमा सेनाको बटालियन स्तरमा सहभागिता हुने बताइएको छ । त्यसको नेतृत्व प्रमुख सेनानीले गर्नेछन् । यसअघि यस्तै अभ्यास नेपालमा आयोजना भएको थियो। यो अभ्यासको नाम सूर्य किरण-२०२३ दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved