युवा संघले भन्यो– हामीलाई बदनाम गर्न केही समूह लाग्यो, छानबिन गर्दैछौं

नेपालभ्युज

युवा संघले भन्यो– हामीलाई बदनाम गर्न केही समूह लाग्यो, छानबिन गर्दैछौं

काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले आफ्नो संगठनमाथि घुसपैठ भएको र त्यसबारे छानबिन गरिरहेको बताएको छ । सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडिओ फैलाइएको बताउँदै युवा संघले संगठनको बदनाम गर्नतिर केही समूह लागेको आशंका गरेको जनाएको हो ।

संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै भक्तपुरको पार्टी प्यालेसमा भएके घटनामा आफ्नो संगठनको संलग्नता नभएको दाबी गरेको छ ।

भक्तपुरको एक पार्टी प्यालेसबाट मंगलबार बेलुकी बास बसिरहेका महिलाहरूलाई दुव्र्यवहार भएको घटनामा युवा संघको नाम मुछिएको थियो । संगठनको नाम आएपछि युवा संघले प्रष्टिकरणसहित बुधबार विज्ञप्ति जारी गरेको हो ।

‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यक्रमलाई विथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गरिरहेको हामीले आशंका गरिरहेका छौं। घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौं। यस्ता खालको कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता खालका गतिविधि नगरिएको जानकारी गराइन्छ,’ भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved