श्रीमती कुट्ने युट्युबर, गाली खाने अविवाहित कमेडियन

नेपालभ्युज

श्रीमती कुट्ने युट्युबर, गाली खाने अविवाहित कमेडियन

काठमाडौं । कमेडियन हिमेश पन्तले सामाजिक सञ्जालमा आफूले बिना कसुर गाली खाइरहेको गुनासो गरेका छन् । हिजोदेखि सोसल मिडिया र आफ्नो इनबक्समा समेत गाली आइरहेको उनले बताएका छन् ।

हिमेश न्यौपाने नामका एक युट्युबरकी पत्नीले सोमबार राति फेसबुक लाइभमा आएर आफू पतिबाट घरेलु हिंसामा परेको बताएकी थिइन् । रुँदै लाइभमा आएकी उनले आफूलाई हिमेशले रातदिन कुटेको सँगै बस्न नसक्ने बताएकी थिइन् ।

सो भिडिओ सार्वजनिक भएपछि कतिपयले भने कुट्ने व्यक्ति कमेडियन हिमेश भएको अनुमान लगाएर गाली गरिरहेका छन् । त्यसपछि हिमेशले फेसबुकमा लेखेका छन् ।

‘‘हिमेश नाम गरेको एकजना पत्रकारले श्रीमती कुटेको भन्ने भिडिओ क्लिप बाहिरिएको रहेछ । हिजो देखी मेरो इनबक्समा गालीका मेसेजहरू आईरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन । दोस्रो कुरा म कुनै पनि घरेलु हिंसालाई समर्थन गर्दिन । धन्यवाद’’ हिमेशले फेसबुकमा लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved