दुर्गा प्रसाईँको आन्दोलनमा आएकालाई मध्यरातमा लखेट्ने युवा संघका सदस्य विनोद राई

नेपालभ्युज

दुर्गा प्रसाईँको आन्दोलनमा आएकालाई मध्यरातमा लखेट्ने युवा संघका सदस्य विनोद राई

काठमाडौं। आफ्नो आन्दोलनमा सहभागी हुन आएकालाई खेद्न युवा संघकै नेताहरू आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को दाबी छ । युवासंघका सचिवालय सदस्य विनोद राई रहेको उनीहरूको आरोप छ ।

खोटाङ स्थायी घर भएका विनोद राईकै नेतृत्वमा लोकन्थलीस्थित एक पार्टी प्यालेस आएका बताइएको छ । यो भिडिओलाई लिएर एमालेको सर्वत्र विरोध भएको छ । युवा संघले यो विषयमा तत्कालै प्रेश विज्ञप्ति जारी गर्ने जनाएको थियो तर अहिलेसम्म विज्ञप्ति जारी गरेको छैन ।

प्रसाईँले नेतृत्व गरेको कार्यक्रममा भाग लिन इटहरीदेखि काठमाडौँ आएका नागरिकलाई नेकपा एमालेको भातृ सङ्गठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेको आरोप लागेपछि भिडिओमा देखिएका व्यक्ति युवा संघका सचिवालय सदस्य राई भएको युवा संघकै नेताहरू पनि बताउँछन् ।

विनोद राई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका थिए । रमेश पौडेलले उनलाई प्रवेश गराएका हुन् ।

भिडियोमा महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको प्रस्ट सुनिन्छ ।

भिडिओमा आफूलाई युवा संघको बताउने राईले, ‘युट्युबमा दुर्गा प्रसाईँ भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved