एजेन्सी । सामाजिक सञ्जालमा हरेक दिन कुनै न कुनै गीत भाइरल भइरहेको हुन्छ । जो एकैछिनमा हरेक मानिसको मुखमुखमा गुन्जिन थाल्छ ।
तर कुनै गीतबाट डराएर छिमेकी देशले गीत नै प्रतिबन्ध गरेको सुन्नुभएको छ ? यस्तै भएको छ दक्षिण कोरियामा ।
बिबिसीको रिपोर्टअनुसार अप्रिलमा उत्तर कोरियामा ‘फ्रेन्ड्ली फादर’ नामको एउटा गीत रिलीज भयो ।
जसमा उत्तर कोरियाका तानाशाही किम जोंन उनको जमेर प्रसशां गरिएको छ । उक्त गीतमा उनलाई ‘महान नेता’ बताइएको छ ।
समग्रमा गीतमा उनको गुणगान गाइएको छ । जसरी यो गीत रिलीज भयो टिकटक आदि सामाजिक सञ्जालमा यो तीव्र गतिमा भाइरल भयो । गीतका बोल थिए, लेट्स सिंग किम जोंग उन, द ग्रेट लिडर, लेट्स ब्रैग एबाउट किम जोंग उन, आवर फ्रेन्ड्ली फादर ।
यो गीत छिमेकी राष्ट्र दक्षिण कोरिया पनि भारइल भयो । यो गीतको लोकप्रियता बढेको देखेर दक्षिण कोरियाको सरकार सतर्क भयो । त्यहाँको राष्ट्रिय अनुसन्धान विभागले यो गीतलाई राष्ट्रिय सुरक्षाको लागि खतरा बतायो र सरकारसँग तुरुन्तै यो गीतलाई प्रतिबन्ध लगाउने माग गर्यो।
यो गीतलाई मनोवैज्ञानिक युद्ध र दुष्प्रचार गर्ने उद्देश्यले बनाइएको बताइयो । त्यसपछि मिडिया रेगुलेटरले यो गीतलाई प्रतिबन्द गर्ने आदेश जारी गर्यो ।
सियोलको कोरिया कम्युनिकेशन स्ट्यान्डर्ड कमीशनले बताएअनुसार यो गीतका २९ वटा संस्करणलाई बन्द गरिँदैछ ।
उनीहरुका अनुसार आफूहरुले किम जोंग उनको प्रसशां गरेको कुनै पनि चीज आफ्नो देशमा चल्न नदिने समेत बताएका छन् ।
कानुनअनुसार यदी कसैले यस्तो नियमको उल्लघंन गर्यो भने उसलाई सात वर्षसम्मको जेल सजाय हुन सक्छ । यो गीत पोस्ट गर्ने च्यानललाई समेत कारवाही गरिने बताइएको छ ।
Facebook Comment
Comment