विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा शीर्ष नेता बालुवाटारमा

नेपालभ्युज

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा शीर्ष नेता बालुवाटारमा

काठमाडौं । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।

विस्तृत शान्ति सम्झौताको समिक्षा गर्न प्रधानमन्त्री प्रचण्डले  बोलाएको तीनदलीय शीर्ष बैठकका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्लका अनुसार  प्रधानमन्त्रीले शान्ति सम्झौताको अनुभव साटासाट गर्ने र यसपछाडिका काम तय गर्न बैठक बोलाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved