प्रदीप ज्ञवाली भन्छन्- संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको स्वार्थ छैन

नेपालभ्युज

प्रदीप ज्ञवाली भन्छन्- संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको स्वार्थ छैन
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नभएको बताएका छन् ।

उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पुर्याउनुपर्ने बताए ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटोभन्दा छिटो टुंगोमा पुर्याउन चाहेको बताए । उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडितको सहमति र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाइ गर्न नहुने पनि दोहोर्याए ।

उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउँदा दण्डहीनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभुति हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved