धनगढीकी १७ वर्षीया युवती दिल्लीबाट बेपत्ता

नेपालभ्युज

धनगढीकी १७ वर्षीया युवती दिल्लीबाट बेपत्ता
सांकेतिक तश्वीर

धनगढी । कैलालीस्थित धनगढीकी एक युवती भारतमा बेपत्ता भएकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा सी गाउँकी १७ वर्षीया सुरन शाही भारतमा बेपत्ता भएकी हुन्।

उनी असोज ५ गते धनगढीबाट भारतको राजधानी दिल्ली गएकी थिइन्। भारतको दिल्लीस्थित मोतिनगर सुदामापुरी गल्ली तम्बर ५८, घर नम्बर १र१३१ बाट उनी बेपत्ता भएकी हुन्। उनको परिवार स्रोतका अनुसार रातिको समयमा शौचालयका लागि बाहिर निस्किएकी शाही बेपत्ता भएकी छन्। उनी असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्।

परिवारका सदस्यले उनको खोजीका लागि दिल्लीका गल्ली–गल्लीमा पोस्टर लगाएका छन्। उनीहरूले भारतीय प्रहरीलाई समेत खबर गरेका छन्। उनलाई फेला पार्नेले ललित शाहीको फोन नम्बर ९७६२२९३२३१ मा सम्पर्क गर्न आफन्तले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved