गणतन्त्र असफल पार्ने अराजक प्रवृति बढ्यो, कडाइपूर्वक निस्तेज पारिन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

गणतन्त्र असफल पार्ने अराजक प्रवृति बढ्यो, कडाइपूर्वक निस्तेज पारिन्छ : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

दमौली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पार्ने बताएका छन्।

शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने षड्यन्त्र गरिरहेको दाबी गरे । उनले त्यसलाई चिर्न लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सामन्ती तथा निरंकुश शक्तिले पुरानै सत्ता फर्काउन सकिन्छ कि भन्ने सपना देख्न थालेका छन्। उनीहरूले सङ्घीयता, गणतन्त्र, समावेशी–समानुपातिक प्रणालीका विरूद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन्। त्यो कुनै पनि हालतमा सफल हुँदैन। लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो।’’

प्रचण्डले कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? भन्दै प्रश्न पनि गरेका छन् । उनले भने, ‘हजारौं नेपालीमाथि दमन कसले गर्‍यो ? जो सबैभन्दा बढी तानाशाह छन्, फासिष्ट छन्, विकासविरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने ? यस्तो भ्रामक प्रचार र व्यवस्थाविरोधी षड्यन्त्र असफल पार्नुपर्छ। जनता न्यायाधीश हुन्, असफल पार्छन्’

प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गरे । गएको तीन चारदिनदेखि प्रहरीसँग, गृह मन्त्रालयसँग छलफलमा रहेको बताउँदै उनले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved