विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिल पराजित

नेपालभ्युज

विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिल पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।
दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भयो ।

छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो ।

हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै अर्को खेलमा लुइस डियाजले दुई गोल गरेपछि कोलम्बियाले ब्राजिलविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।

जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ ।

छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २–० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved