नवलपरासी जीप दुर्घटना अपडेट : मृत्यु भएका सात जनाको सनाखत

नेपालभ्युज

नवलपरासी जीप दुर्घटना अपडेट : मृत्यु भएका सात जनाको सनाखत

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी मृत्यु भएका सात जनाको परिचय खुलेको छ ।

नवलपरासी पूर्वमा कार्यरत डिएसपी बेद पौडेलका अनुसार मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा, मध्यबिन्दु नगरपालिका बस्ने चिरन अर्याल र कावासोती–१६ घर भएका १७ वर्षीय अस्बिन गैह्रे र बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०/४५ वर्षकी कमला वानटक्की छन् ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको  थियो । जीपमा सात जना सवार थिए ।

दुर्घटनामा घाइते भएका मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved