कोशी प्रदेश : छठपछि मन्त्रिपरिषद् विस्तार

नेपालभ्युज

कोशी प्रदेश : छठपछि मन्त्रिपरिषद् विस्तार

विराटनगर । कोशी प्रदेशमा रहेका सत्तारुढ दलहरूका बीचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएसँगै तिहारपछि मन्त्रीपरिषद् बैठक बिस्तार हुने भएको छ ।

सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको छलफलले छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको हो ।

कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री सहित ४ मन्त्री पाउने गरि प्रारम्भिक छलफल भएको छ  । माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्री पाउने गरिएको छलफल भएको हो ।

तर जसपा कोशी प्रदेश समितिले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले निर्णय गरे पनि प्रदेश सभा सदस्य निर्मला सुब्बा भने सरकारमा जान इच्छुक छन् । छलफलमा जसपा पनि सरकारमा सहभागी हुने समझदारी बनेको छ ।

कोशी प्रदेशमा अहिले मुख्यमन्त्रीसहित कांङ्ग्रेसबाट सम्शेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमल प्रसाद जवेगु मन्त्री नियुक्त भएका छन् ।

दलहरूका बीचमा सहमति नजुट्दा उनीहरुले समेत मन्त्रालयको जिम्वेवारी पाएका छैनन् । उनीहरुको जिम्मेवारी पनि छठ पछाडि मात्रै तोकिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved