हमासको आक्रमणमा मारिनेको संख्या संशोधन, इजरायलले भन्यो- ‘१४ सय होइन, १२ सयको मृत्यु’

नेपालभ्युज

हमासको आक्रमणमा मारिनेको संख्या संशोधन, इजरायलले भन्यो- ‘१४ सय होइन, १२ सयको मृत्यु’

एजेन्सी । हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण संख्या परिमार्जन गरिएको छ ।

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदाय र गाजाको सिमानामा रहेको सैन्य स्थलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय छ ।

स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार मृत्यु हुनेको ठूलो सङ्ख्या अक्टोबर ७ मा गरिएको हमास लडाकुको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो।

बिहीबार इजरायली डिफेन्स फोर्सले जारी गरेको तथ्याङ्कले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ । जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए ।

मृतकको सङ्ख्यामा केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र पट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिमध्ये पनि जोखिममा रहेको बताइएको छ ।

इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार द्वन्द्वको यस चरणमा ३५४ सैनिकको मृत्यु भएको छ । हमास लडाकुसँगको लडाईमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको हो ।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनी मारिएका छन्। सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved