कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

नेपालभ्युज

कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते
सांकेतिक तस्वीर।

काठामाडौं। कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका ३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका ४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् ।

उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved