विवाहपछि पनि थर परिवर्तन नगरेका बलिउड अभिनेत्री

नेपालभ्युज

विवाहपछि पनि थर परिवर्तन नगरेका बलिउड अभिनेत्री

एजेन्सी । प्रायः महिलाहरु विवाह गरेपछि घरपरिवारसँगै उनीहरुको थर पनि परिवर्तन हुने गर्छ । तर बलिउडका केही अभिनेत्रीहरु छन् जसले विवाह पछि पनि आफ्नो थर परिवर्तन गरेका छैनन् ।

कियारा आडवाणी
अभिनेत्री कियारा आडवाणीले सिद्धार्थ मल्होत्रासाग विवाह गरिन् । तर अभिनेत्रीले आफ्नो नामको पछाडि आडवाणी हटाएकी छैनन् ।

कैटरीना कैफ
कैटरीना कैफले विक्की कौशलसँग् विवाह गरेकी छन् । उनले पनि आफ्नो नामको पछाडि श्रीमानको नामथर जोडेकी छैनन् ।

आलिया भट्ट
यस लिस्टमा आलिया भट्टको नाम पनि सामेल छ । अभिनेत्रीले रणबीर कपूरसँग विवाह गरेपछि पनि आफ्नो नाम आलिया भट्ट मात्र लेख्ने गरेकी छन् ।

अनुष्का शर्मा
अनुष्का शर्मा र विराट कोहली लाखौं व्यक्तिका मन पराइने जोडी हुन् । विवाहको यति वर्षपछि पनि अनुष्काले आफ्नो नामको पछाडि शर्मा मात्र लेख्ने गरेकी छन् ।

दीपिका पादुकोण
दीपिका पादुकोणको विवाह रणवीर सिंहसँग भएको छ । तर अभिनेत्रीले आफ्नो थरमा पादुकोण हटाएकी छैनन् ।

ट्विंकल खन्ना
चर्चित अभिनेता अक्षय कुमारकी श्रीमती ट्विंकल खन्नाले पनि आफ्नो नाममा अक्षय कुमारको थर जोडेकी छैनन् । उनले आफ्नो नामको पछाडि बुवाकै थर राखेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved