सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्वमा कमी आयो : अर्थमन्त्री महत

नेपालभ्युज

सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्वमा कमी आयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्व घटेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बौल्दै अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजश्व बढ्न नसकेको बताएका हुन् ।

अर्थमन्त्री महतले राजश्वतर्फ सरकारले सोचेको जस्तो सफलता नभएकाले गत वर्षको सोही समयको तुलनामा ९.३३ प्रशिततले राजश्व बढेको बताए । उनले राजश्व संकलनको संरचना परिवर्तन आएको बताए ।  उनले विगतमा डिजेल र पेट्रोलमा आधारित सवारी साधनहरु मात्रै आउने गरेको र डिजेल र पेट्रोलमा आधारित सवारी साधनहरु आउँदा ३ सय प्रतिशतसम्म कर लाग्ने गरेको बताए ।

उनले चालु आर्थिक वर्षदेखि सरकारले विद्युतीय सवारीलाई सरकारले प्रोत्साहन गरिरहेको र पछिल्लो समय आयात हुने सबै सवारी साधन विद्युतीय भएकाले राजश्वमा कमी आएको बताए। उनले पछिल्लो समय सवारी साधनको अर्डर गर्ने सबै व्यवसायीहरुले पनि विद्युतीय सवारी साधन मात्रै माग गर्ने गरेको बताए । उनले विद्युतीय सवारी साधनमा बढीमा ४५ प्रतिशत मात्रै कर लाग्ने गरेको बताए।

उनले तर विद्युतीय सवारी साधन आयातमा अहिले धेरै जसो १५ प्रतिशतमा सिमित भएको अवस्था रहेको बताए। उनले सवारी साधनबाट विगतमा संकलन हुने बढी राजश्वबाट हुने राजश्व संकलनमा कमी आएको बताए। उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न कर घटाएकाले राजश्व संकलनमा ठूलो मात्रामा कमी आएको दाबी गरे ।

उनले व्यवसायी क्षेत्रमा डिजिटल रुपमा हुने कारोबारलाई करको दायरामा ल्याउन नसक्दा राजश्वमा कमी देखिएको बताए । उनले प्रविधिको विकासको कारणले कर उठाउने प्रवृत्तिमा पनि सरकारले परिवर्तन गर्न आवश्यक देखिएको बताए। उनले सामाजिक सञ्जालहरुलाई दर्ता गरी लाग्ने कर लगाउन सरकारले काम गरिरहेको बताए ।

उनले गत आर्थिक वर्षमा सोचेजस्तो आर्थिक वृद्धि हुन नसके पनि चालु आर्थिक वर्ष शुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएको दाबी गरे। उनले कतिपय कर घटेको र कतिपय प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved