श्रीलंकाविरुद्ध न्यूजील्याण्ड विजयी, सेमिफाइनलको सम्भावना बलियो

नेपालभ्युज

श्रीलंकाविरुद्ध न्यूजील्याण्ड विजयी, सेमिफाइनलको सम्भावना बलियो

काठमाडौं   । न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमिफाइनलको सम्भावना बलियो बनाएको छ।

आइसीसी क्रिकेट विश्वकप अन्तर्गत बैंगलोरमा बिहीबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको हो ।

यो जितसँगै न्युजिल्याण्डले लिगका सबै खेलपछि अंक तालिकामा १० अंकसहित चौथो स्थान कायम गरेको छ।

टस जितेर पहिले बलिङ गरेको न्यूजील्याण्डले श्रीलंकाले दिएको १७२ रनको लक्ष्य २३.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो ।  श्रीलंका  ४६.४ ओभरमा १७१ रन बनाएर अल आउट भएको थियो ‍।

यस विश्वकपमा पाँचौं जित  निकालेको न्यूजील्याण्डको सेमिफाइनलको निर्णय भने पाकिस्तान र अफगानिस्तानको अन्तिम खेलपछि मात्रै हुनेछ।

अफगानिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ भने पाकिस्तानले आफ्नो अन्तिम खेल शनिबार इङल्याण्डविरुद्ध खेल्दै छ।

यो हारसँगै  श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको छ।  यस विश्वकपमा श्रीलंकाले ९ खेलमा २ खेल जित्यो भने   ७ खेलमा हार बेहोर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved