‘टाइगर ३’ ले रिलीज अघि नै बनाइसक्यो यस्तो रेकर्ड

नेपालभ्युज

‘टाइगर ३’ ले रिलीज अघि नै बनाइसक्यो यस्तो रेकर्ड

एजेन्सी । सलमान खान बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को ट्रेलर रिलीज भएदेखि एकदमै चर्चामा छन् । फिल्मको पोस्टरदेखि लिएर गीतसम्म प्रसशंकलाई मन परिरहेको छ ।

फिल्मले रिलीज अघि नै कतिपय कीर्तिमान बनाएको छ । ‘टाइगर ३’ ले वाईआरएफ स्पाई यूनिभर्स फिल्ममा सबैभन्दा अत्यधिक एक्सन सीनको रेकर्ड आफ्नो नाममा बनाएको छ ।

मनीष शर्माको निर्देशनमा बनेको फिल्म ‘टाइगर ३’ मा १२ वटा एक्सन सेट पीसको दाबी गरिएको छ जसले वाईआरएफ स्पाई यूनिभर्समा रेकर्ड बनाउँछ ।

ट्रेलरले पहिले नै इन एड्रेनालाइन पम्पिंग सीनको एक आकर्षक झलक दिइसकेको छ । जसमा तीव्र गतिमा हातसँगको लडाईं, गोलीको वर्षात्, गाडीहरुको विस्फोट सामेल छ ।

निर्देशक मनीष शर्माले फिल्मका एक्सन सीन देखाउनका लागि मात्र नभएर कथाले नै मागेको बताए । सलमान र कैटरीनालाई सबैभन्दा ठूलो एक्सन जोडी बताउँदै उनले फिल्मका चरित्रबीच नै संघर्षको सम्बन्ध भएको बताए ।

फिल्म ठूलो भएकाले नै एक्सन सीनलाई फिल्ममा ठूलै रुपमा दर्शाइएको छ । मनीषले फिल्मका एक्सन सीन अहिलेका हलिउड फिल्मकै बराबरीमा रहेको पनि बताए ।

फिल्म यही दिपावलीको अवसरमा रिलीज हुँदैछ । भारतको केन्द्रीय फिल्म प्रशारण बोर्डले जिरो कट अर्थात कुनै पनि सीन नकाटेरै फिल्मलाई रिलीजको अनुमति दिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved