बजारमा तिहारको किनमेल चटारो

नेपालभ्युज

बजारमा तिहारको किनमेल चटारो

काठमाडौं। तिहार आउन केही दिन मात्रै बाँकी रहदा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ ।

आगामी शनिबारदेखि तिहार सुरु भए पनि अहिलेदेखि नै आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो ।

काठमाडौंको व्यापारिक केन्द्र न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, लगनखेल, बानेश्वर, कोटेश्वर, ठिमीलगायतका बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड लाग्न थालेको छ ।

तिहारका लागि आवश्यक पर्ने, माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, भाइमसला, कपडाको किनमेल बढ्न थालेको व्यवसायीको भनाइ छ ।

सडकपेटीदेखि ठुला ठुला व्यापारिक महलमा तिहारका सामान बिक्रीका लागि राखिएको छ ।
केही दिनयता किनमेलको चहलपहल बढे पनि व्यापारमा भने उत्साह नभएको न्युरोडका मसला व्यापारीहरु बताउँछन् ।

गत वर्षको तुलनामा तिहारमा खपत हुने भाइमसलाको मूल्य १० प्रतिशतले वृद्धि भएकाले पनि व्यापार विगतका वर्ष जस्तो उत्साहपूर्वक बढ्न नसक्ने अनुमान गरिएको उनीहर बताउँछन् ।

मसला पसलमा सामान किन्ने ग्राहकको भिडभाड लाग्न थालेको छ । ड्राई फुट्स तिहारमा मात्र बढी खपत हुने भएकाले पनि अन्य समयको तुलनामा व्यापार पनि बढ्ने गर्छ । तिहारमा खपत हुने भाइमसला बाहिरी मुलुकबाट आयात हुने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved