कात्तिक २१ देखि २५ सम्म जगदम्बा मोटर्सको महा एक्स्चेन्ज महोत्सव

नेपालभ्युज

कात्तिक २१ देखि २५ सम्म जगदम्बा मोटर्सको महा एक्स्चेन्ज महोत्सव

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव : उमंगै उमंगको आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २१ देखि २५ सम्म आयोजना हुने एक्स्चेन्ज महोत्सवमा कम्पनीले अपाचे आरटीआर १६० फोरभी एफआई सई पनि सार्वजनिक गर्ने बताइएको छ ।

कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा महोत्सवमा उपभोक्ताले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफर पाउने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाइक वा स्कुटर एक्स्चेन्ज गर्दा ५० हजारसम्मको एक्स्चेन्ज भ्यालु एडिसन, नकिन्दा १ लाख र किन्दा ५ लाखसम्मको क्यास डिस्काउन्टका साथै बम्पर उपहारमा १० लाख नगद जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।’

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि आधिकारिक वितरक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved