सोमबार २१ दशमलव ३० अंकले बढ्यो नेप्से

नेपालभ्युज

सोमबार २१ दशमलव ३० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजार २१ दशमलव ३० अंकले बढेको छ । हिजो दोहोरो अंकले घटेको नेप्से परिसूचक आज भने बढेको हो । आज नेप्से परिसूचक २१ दशमलव ३० अंकले बढेर १८४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।

सोमबार २८३ कम्पनीको ४७ हजार २ सय ३१ पटकको कारोबारमा ३५ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ९३ करोड ८९ लाख २९ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३३ अंकले बढेर ३५५ दशमलव ७३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved