सीएसीसीआईको ३७औं सम्मेलन सुरु

नेपालभ्युज

सीएसीसीआईको ३७औं सम्मेलन सुरु

काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई)को ३७ औं सम्मेलन काठमाडौंमा आज सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । परिसंघ एसिया प्रशान्त क्षेत्रका २६ देशका २८ वटा राष्ट्रिय स्तरका उद्योग वाणिज्य महासंघको छाता संस्था हो ।

सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी उद्यमी र नेपालका उद्यमी व्यवसायी, सरकारी प्रतिनिधि समेत गरी दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तारलगायतका विषयमा छलफल भएको थियो ।

पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved