नेपालमा लगानी बढाउन अन्तर्राष्ट्रिय उद्योगीसँग राष्ट्रपतिको आह्वान

राष्ट्रपति पौडेलले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीसँग आह्वान गरेका हुन् ।

नेपालभ्युज

नेपालमा लगानी बढाउन अन्तर्राष्ट्रिय उद्योगीसँग राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई नेपालमा लगानी बढाउन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीसँग आह्वान गरेका हुन् ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा आयोजित सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लगानीका लागि आह्वान गरेका हुन् ।

सोमबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ ।

‘लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु’, उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने ।

नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको भन्दै उनले त्यसतर्फ लगानी बढाउन आह्वान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved