एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनबारे छलफल

विभिन्न पार्टीबाट १० हजार कार्यकर्ता प्रवेश गरेको दाबी

नेपालभ्युज

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको बैठकमा पार्टीको मेची—महाकाली जागरण अभियानको समीक्षा हुने बताइएको छ ।

जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टीमा प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताएका छन् ।

त्यस्तै माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र छलफल हुने बताइएको छ ।

बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अध्यक्ष माधवकुमार नेपालको आसन्न चीन भ्रमणका साथै समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved