भारतसँग दक्षिण अफ्रिकाको लज्जास्पद हार

नेपालभ्युज

भारतसँग दक्षिण अफ्रिकाको लज्जास्पद हार
तस्वीर स्रोत : इन्डियन टिम/ फेसबुक

काठमाडौं ।  एकदिवसीय विश्वकप क्रिकेटमा भारतसँग दक्षिण अफ्रिकाले लज्जास्पद हार व्होरेको छ ।

घरेलु मैदानमा जारी विश्वकपमा भारतले  दक्षिण अफ्रिकालाई २ सय ४३ रनको विशाल अन्तरले हराएको हो ।  ३ सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका  २७.१ ओभरमा ८३ रन बनाउँदै अलाउट भयो ।

यसअघि टस जितेर  पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले  १ सय १ रन बनाए ।  यस्तै ओपनर शुभमन गिलले २३ रन, रवीन्द्र जडेजाले २९ तथा सूर्यकुमार यादवले २२ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन, कागिसो रबाडा, केशव महाराज र तब्राइज शाम्सीले १/१ विकेट लिए । दक्षिण अफ्रिकाका  मार्को जानसेनले   १४ रन, रासी भान डेर डुसेनले १३ रन बनाए भने कप्तान टेम्बा बाभुमा र डेभिड मिलरले ११/११ रनको योगदान गरे ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved