आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक  

नेपालभ्युज

आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक  

काठमाडौं । नेपाल राष्ट्र बैंकले नजिकिँदो तिहारलाई लक्षित गरी आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै छ । केन्द्रीय बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो ।

विभागका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति एक सेट सुनको असर्फी पाउनेछन् । जसमा कुल साढे १७ ग्रामको असर्फी हुन्छ ।

यसै गरी सर्वसाधारणले गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन् ।

विभागले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved