उत्तरबाहिनी बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति ३५ करोड

नेपालभ्युज

उत्तरबाहिनी बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति ३५ करोड

काठमाडौं । गोकर्णेश्वर नगरपालिका– ४ मा रहेको उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

२०६२ सालमा स्थापना भएको संस्थासंग आर्थिक वर्ष २०८० को आषाढ मसान्तमा कुल सेयर पुँजी ४ करोड ३ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

निक्षेप संकलनतर्फ आव २०७८–०७९ को तथ्याङ्कअनुसार गत आव २०७९–०८० को आषाढ मसान्तमा कुल निक्षेप रकम २२ करोड ४० लाख ८० हजार ३२४ रुपैयाँ रहेको संस्थाले बताएको छ।

ऋण लगानीतर्फ भने संस्थाले आफ्ना सदस्यहरूमा कुल २४ करोड ७० लाख २९ हजार २९६ रुपैयाँ लगानी गरेको छ ।

२०७९–०८० को आषाढ मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३५ करोड ६ लाख ७ हजार २९१ रुपैयाँ पुगेको छ।

सहकारीमा संस्थागततर्फ २ करोड १५ लाख ५२७ रुपैयाँ र सदस्य राहातकोषतर्फ २२ लाख १२ हजार ५३९ रुपैयाँ रहेको छ।

कुल ४ करोड ३ लाख ५५ हजार रुपैयाँ शेयर पुजी रहेको संस्थामा २२६५ जना सेयर सदस्य रहेका छन्।

संस्थाको १८ औं साधारण सभाको आज एक समारोहबीच उत्तरबाहिनी मन्दिर प्राङ्गणमा गोकर्णेश्वर नपा ४ का वडा अध्यक्ष जयराम महतले उद्घाटन गरेका छन्।

साधारणसभा स्थलमा दन्त शिविर, आँखा शिविर तथा रक्तदान कार्यक्रमसमेत संचालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved