गाजा शरणार्थी शिविरमा भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा, जोर्डनले राजदूत फिर्ता बोलाउने

नेपालभ्युज

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा, जोर्डनले राजदूत फिर्ता बोलाउने

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको भन्दै बुधबार भर्त्सना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भनेका छन्, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ ।”

यसैबीच, इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ ।

’जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्नुभएको छ,” विदेश मन्त्रालयले भनेको छ, “गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको हो ।”

एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved