बढ्यो युरो र पाउण्डको मूल्य 

नेपालभ्युज

बढ्यो युरो र पाउण्डको मूल्य 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा पुगेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ बढेको छ ।

मंगलबार पाउण्ड १६१ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ  ९१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ बढेर आएको छ । मंगलबार युरो १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६२ पैसा र बिक्री दर ८५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved