राष्ट्रसंघ महासचिवको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छः चित्रबहादुर केसी

नेपालभ्युज

राष्ट्रसंघ महासचिवको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गरेको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताएका छन् ।

मंगलवार महासचिग गुटेरेसले सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाई नगर्न राज्य पक्ष र तत्कालीन विद्रोही पक्षलाई आग्रह पनि गरे । आफ्नो पार्टी पीडितलाई थप पीडा दिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने ढिलाई गर्नुहुन्न भन्ने पक्षमा रहेको उनको भनाई थियो ।

अध्यक्ष केसीले भने, ‘समय अनुकूल नेपालको अवस्थाको चित्रण गरेका छन । उहाँलाई धन्यवाद दिनुपर्छ । संयुक्त राष्ट्र संघ पनि यो शान्ति प्रक्रियालाई अल्झाएर राख्नुहुन्न । टुंग्याउनु पर्छ भन्ने पक्षमा छ ।’

अध्यक्ष केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकि काम पूरा हुने पनि दोहोर्‍याए । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राखे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved