कोशीमा सरकार विस्तारमा सकस, माओवादीलाई सरकारमा ल्याउने मुख्यमन्त्रीको प्रस्ताव मानेन एमालेले

नेपालभ्युज

कोशीमा सरकार विस्तारमा सकस, माओवादीलाई सरकारमा ल्याउने मुख्यमन्त्रीको प्रस्ताव मानेन एमालेले

काठमाडौं । एमालेको समर्थनमा सरकार बनाएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धन दललाई पनि सरकारमा सहभागी गराउने प्रस्ताव राखेका छन् ।

माओवादी र आफ्नै दल कांग्रेसले मुख्यमन्त्री प्रस्ताव नगरेको समयमा आफूलाई मुख्यमन्त्री बनाएको एमालेसँग कार्कीले सबै दल सहभागी सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

सोमबार भएको छलफलमा मुख्यमन्त्री कार्कीले एमाले नेतासँग सर्वदलीय सरकारको प्रस्ताव गरेका थिए ।

सोमबार मुख्यमन्त्री एमाले नेताहरू सँगको छलफलमा एमालेले मन्त्रालय बाडँफाटको कुरा उठेको थियो ।

ठूलो दल भएका कारण एमालेको दाबी पाँचवटा मन्त्रालय मागेको छ । तर, मुख्यमन्त्रीले सबै दल सहभागी गराउन प्रस्ताव गरेपछि कुनै सहमति जुट्न नसकेको नेताहरू बताउँछन् ।

तर, नेकपा एमालेले सो प्रस्ताव मानेको छैन । उसले दुई दल (एमाले र कांग्रेस) को मात्र सरकार बनाउनु पर्ने अडान लिएको छ ।

सुरुमा कांग्रेसले माओवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको थियो। तर, पार्टीको निर्णयविरुद्ध विद्रोह गरेका नेपाली कांग्रेसका कार्की एमालेका समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका तयारी गरेका छन् । यसको लागि उनी सबै दल सहभागी गराउन चाहन्छन् ।

तर, आफूहरू भने एमाले र कांग्रेसको मात्र सरकार बनाउन चाहेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

एमालेले माओवादी केन्द्रलाई सरकारमा सहभागी नगराउने पक्षमा छ । माओवादी केन्द्र भने एमालेलाई सरकारबाट बाहिर पठाउन चाहन्छ । यसैले सरकारमा जान आतुर छ ।

कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोजमा पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । तर, कुन कुन दललाई सहभागी गराउने भन्ने अन्योलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved