टी-२० विश्वकप एसियाली छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ८ विकेटले पराजित

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो।

नेपालभ्युज

टी-२० विश्वकप एसियाली छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो।

१४६ रनको लक्ष्यमा नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लागि कुशल भूर्तेलले ७४ रन बनाए। उनले ८ चौका र २ छक्का प्रहार गरे।

कप्तान रोहित कुमार पौडेल ३५ रनमा अविजित रहे। आसिफ शेखले २७ रन बनाए। कुशल मल्ल भने ६ रनमा अविजित रहे।

सिंगापुरको लागि अनन्थ कृष्णा र अक्षय पुरीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पूरै ओभर खेलेर ९ विकेट क्षतिमा १४५ रन बनाएको हो। सिंगापुरको लागि रोहन रङ्गराजनले ४६ र आर्यभीर चौधरीले ३७ रन बनाए।

नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved